Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य पुनः ओरालो लागेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घट्दा प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

laxmi

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL