प्रधानमन्त्री निर्वाचन आइतवार,शनिवार अपरान्ह ४ बजेसम्म दर्ता मनोनयन गर्नुपर्ने


बिजखबर संवाददाता
9 October, 2015 5:07 pm

नयाँ प्रधानमन्त्रीको निर्वाचन आगामी आइतवार हुने भएको छ । राष्ट्रपति रामवरण यादवले बहुमतीय आधारमा प्रधानमन्त्री चुन्न आग्रह गरेका हुन् ।

FoneLoan-250x250
Yamaha_250X250

शुक्रवार संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री चयनका लागि २४ गते ११ बजे मतदान हुने जानकारी दिए । नेम्वाङको निर्देशन अनुसार संसद सचिवालयले शुक्रवार नै नयाँ प्रधानमन्त्री कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

उम्मेदवार ले शनिवार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुपर्ने छ । मनोनयन स्थल संसद भवनको ल्होत्से हल तोकिएको छ ।

नेपालको संविधान अनुसार सहमतीय प्रधानमन्त्री चयनका लागि दिइएको म्याद आज सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्