Logo

आपूर्ति संकट समाधान गर्न ईयु तयार, संकटले गरिवी बढ्यो

आपूर्ति संकट समाधान गर्न ईयु तयार, संकटले गरिवी बढ्यो


बिजखबर संवाददाता
0
Shares

यूरोपियन युनियनले हाल नेपालमा देखिएको आपूर्ति समस्या सधान गर्न तयार रहेको बताएको छ । ईयु सम्बद्ध डेनमार्क, फ्रान्स, स्वीट्जरल्याण्ड, नर्वेलगायत देशका नेपाल स्थित मिसन प्रमुखहरुले संयुक्त रुपमा विज्ञप्ती गर्दै सो प्रतिवद्धता जायर गरेका हुन् । ‘विभिन्न खालका बन्द हड्तालले नेपालमा दिनानुदिन खाद्यय संकट पर्दै गएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘दैनिक जीवनमा समेत ठूलो प्रभाव पारेकाले त्यसलाई समाधान गर्न ईयु तयार छ ।’

भुकम्पले नेपालको आर्थिक अवस्था पछाडि धकेलिएको छ । साथै, पछिल्लो समय भएको बन्दहड्ताले नेपालको आर्थिक अवस्था झनै दयनिय बन्दै गएको उनीहरुको तर्क छ । यसले नेपालीलाई झनै गरिव नाउँदै लगेको विज्ञप्तीमा भनिएको छ ।

हाल भइरहेको बन्दले तराइ लगायत विभिन्न क्षेत्रमा जनजिवन प्रवाहित भइरहेको र यसको समाधान वार्ताबाटै खोज्न सरकार र प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL