Logo

सिटिजन लाइफ इन्स्योरेन्सले वार्षिकोत्सव, ल्यायो सुरक्षा प्रदान गर्ने ‘सिटिम्यान’ प्रस्तुत

सिटिजन लाइफ इन्स्योरेन्सले वार्षिकोत्सव, ल्यायो सुरक्षा प्रदान गर्ने ‘सिटिम्यान’ प्रस्तुत



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । अहिलेको यस विषम परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको यसै अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’ प्रस्तुत गरेको छ ।

सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग अनुरुपको नवीनतम सेवा र सुरक्षा प्रदान गर्नेछ । हसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकहरुले बीमा मार्फत प्राप्त गर्नहुने विभिन्न सुरक्षाहरुको प्रतीकात्मक अर्थ बोकेको छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना बढाउन विद्यार्थीसँग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL