Logo

शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



काठमाडौं । शनिबार कोरोना भाइरसका थप ३ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार शनिबार १ हजार ८ सय जना घर फर्किएका छन् । यस्तै आज १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा १ लाख २९ हजार ३ सय ४ जनामा कोरोना भाइरस देखिएको छ।

यीमध्ये ८९ हजार ८ सय ४० जना निको भइसकेका छन्। अहिलेसम्म नेपालमा कोरोनाबाट ७ सय २७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL