Logo

भूकम्पपीडित व्यवसायीलाई ५० हजारसम्म ऋण मिनाहा

भूकम्पपीडित व्यवसायीलाई ५० हजारसम्म ऋण मिनाहा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ असोज, काठमाडौं । मन्त्रीपरिषदको मङ्गलबार बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रका साना व्यवसायीलाई ५० हजार रूपैयाँ सम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको छ । विशेषगरी साना व्यवसायीलाई भूकम्पले ठूलो क्षती पुर्याएको ठहर गर्दै बैठकले यस्तो निर्णय गरेको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार ऋण मिनाहा गरिदिने बैंकको भने अझै टुङ्गो लागिसकेको छैन । ‘कुन वर्गका बैङ्कबाट लिएको ऋण मिनाहा गर्ने निर्णय चाहिँ अर्को बैठकले गर्नेछ,’ उनले भने ।

बैठकले उद्यम गर्न चाहने युवालाई लक्षित गरेर ल्याएको स्टार्टअप फण्डको कार्यविधि स्विकृत गरेको छ । त्यस्तै बन्द अवस्थमा रसुवामा रहेको मेटल कम्पनी पुनः सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ ।

त्यसैगरी मलेसियाले भूकम्प प्रभावित विभिन्न ११ ओटा जिल्लामा ५ हजार घर निर्माणका लागि गरेको प्रस्ताव समेत स्विकृत गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL