Logo

भारतको चेतावनी झल्किने अर्को विज्ञप्ती, आपुर्ति व्यवस्थामा समस्या आउने खतारा

भारतको चेतावनी झल्किने अर्को विज्ञप्ती, आपुर्ति व्यवस्थामा समस्या आउने खतारा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ असोज, काठमाडौं । भारतले संविधान जारी भएको भोलीपल्ट दोस्रो विज्ञप्ती जारी गर्दै तराइका मुद्दा सुल्झाउन दवाव दिएको छ । भारतको विदेश मन्त्रालयले सोवबार साँझ एक विज्ञप्ती जारी गर्दै नेपाल स्थित आफ्ना कम्पनीलाई समस्या परेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरेको हो ।

तराइमा भइरहेको आन्दोलनलाई वल प्रयोग नगर्न समेत भारतले दावाव दिएको छ । संविधान जारी भएपछि भारतले तत्काल विज्ञप्ती जारी गर्दै आफ्ना सीमा क्षेत्रमा भइरहेको आन्दोलनले आफुलाई चिन्तित बनाएको बताएको थियो । ‘हामीले नेपालका राजनीतिक नेतृत्वलाई पटक–पटक यो आन्दोलनलाई साम्य पार्न अत्याबश्यक दकम चाल्न आग्रह गरिरहेका छौं, यदि हाम्रो सल्लाहलाई मानेको भए यस्तो गम्भिर अबस्था आउने थिएन्,’ जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती जारी गर्दै नेपालको ढुवानीमा समेत समस्या आउन सक्ने चेतावनी दिएको छ । ‘यस राजनीतिक चुनौतीलाई सामना गर्न नेपालका सवै पक्ष सहमतिमा पुग्नुपर्नेमा हामीले होसियारीपूर्व आग्रह गर्दै आएका थियौं,’ भारतको बिदेश मन्त्रालयको बिज्ञप्तिमा भनिएको छ, ‘अहिले नेपालमा भइरहेको आन्दोलन राजनीतिक हो र यसलाई बल प्रयोग गरेर समाधान गर्न सकिदैन ।’

जारी विज्ञप्तीमा नेपाललाई चेतावनी दिँदै आपूर्ति ब्यबस्थाको समस्या आउने जानकारी गराएको छ । साथै, भारत तथा तेस्रो मुलुकबाट भारत हुँदै नेपालसम्म हुने ढुवानीमा समेत अबरोध आउन सक्ने संकेत गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL