Logo

साउनभरी काठमाडौं महानगरभित्र ७५२ जनामा कोरोना संक्रमण पुष्टि, वडा २ मा शुन्य, १ हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ

साउनभरी काठमाडौं महानगरभित्र ७५२ जनामा कोरोना संक्रमण पुष्टि, वडा २ मा शुन्य, १ हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ



काठमाडौं । साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त बिववरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७ सय ५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५ सय ५४ जनाको कन्ट्र्याक्ट टे«सिङ् गरिएको छ । जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्यामध्येको धेरै साउन १५ पछिको केस हो ।

laxmi

यसकारण निको भएर फर्कनेको संख्या भने आउन बाँकी रहेको महानगरपालिकाले जानकारी दिएको छ । जनस्वास्थ्य महाशाखाका बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन् — यो संख्यामा केही तलमाथि हुन्छ । ठूला अस्पतालको विवरण महानगरमा आएको छैन । उनिहरुको महानगरमा बसोबास गर्नेहरुको परीक्षण र उपचार गरेका छन् ।

सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालयहरुमा परीक्षण गरेका छन् । यसरी गरिएका परीक्षणमध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन । यसकारण संख्यामा केही तलमाथि हुनसक्छ ।

ओलीका अनुसार संक्रमण बढ्दो दरमा रहेकाले पनि संख्या छिनमै तलमाथि हुन सक्छ । अहिलेसम्म हामी साउन २९ गतेसम्म महानगरमा भएका संक्रमितको हाराहारी संख्या मात्र भन्न सक्ने अवस्थामा छौं । हामीलाई करीब २२० व्यक्ति होम आइसोलेसनमा रहेको जानकारी छ । उनीहरुमा स्वास्थ्य जटिलता बढ्दै गए अस्पताल जानुहुन्छ । यसको विवरण महानगरमा आउँदैन । यसकारण होम आइसोलेसनबाट कति विरामी उपचाररत हुनुहुन्छ । उनीहरुमध्ये कति अस्पताल गए र निको भएर कतिजना फर्के भन्ने तथ्याङ्क एकिन हुन भने सकेको छैन ।

प्राप्त बिवरणअनुसार सबैभन्दा धेरै संक्रमितको संख्या वडा ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका पोजेटिभ केस यही वडामा जोडिएकोले यस वडामा संक्रमितको संख्या धेरै देखिएको हो । वडा २ मा अहिलेसम्म कुनै पनि पोजिटिभ केस देखिएको छैन । वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्छन् — वडामा प्रचारप्रसार गरेका छौं । खुख्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खवर गर्नोस् भनेका छौं । अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आएका पनि छैनन । अन्य जँचाएर संक्रमण भएको पनि थाहा छैन ।

ओलीका अनुसार महानगरमा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१ जना, ५ बाट १७ जना, ६ बाट १५ जना, ७ र ८ बाट क्रमशः १०/१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५ जना, १० मा ३८ जना, ११ मा १९ जना, १२ मा १२ जना, १३ मा ३३ जना, १४ मा ५६ जना, १५ मा १३ जना, १६ मा ४६ जना, १७ मा १४ जना संक्रमित देखिएका छन् । वडा १८, १९, २० र २१ मा मा १÷२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १० जना, २४ मा २५ जना, २६ मा १७ जना, २७ मा ३४ जना, २८ मा २७ जना, २९ मा ३० जना, ३० मा १४ जना, ३१ मा २८ र ३२ मा ५३ जना संक्रमितको संख्या देखिएको छ ।

संक्रमितको पहिचान, उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहनुभएकाहरुको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्र्याक ट्रेसिङ कार्यलाई तीब्र बनाएको छ । यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु खटिएका छन् । संक्रमित देखिएका ठाउँमा वडा कार्यालयहरुले प्रहरीसँग समन्वय गरेर आवतजावत बन्द गरेर निगरानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL