Logo

सुनको मूल्यमा एकैदिन ६ हजार २ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा एकैदिन ६ हजार २ सय रुपैयाँको गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्यमा प्रतितोला ६ हजार २ सय रुपैयाँको गिरावट आएको छ । लगातार बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको सुन आज एकैदिनमा घटेर ९५ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो १ हप्तामा सुनको मूल्यमा ८ हजार ५ सय रुपैैयाँको गिरावट आएको छ । मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ६ हजार २ सय रुपैयाँले घटेको हो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि प्रतितोला २ सय २५ रुपैयाँले ओरालो लागेको छ । मंगलबार प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बुधबार घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँ पुगेको छ । अन्तररष्ट्रिय बजारमा बुधबार सुनको मूल्यमा प्रतिऔंस २ दशमलव २९ प्रतिशतको गिरावट आउँदा १ हजार ८ सय ८२ डलरमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL