Logo

पर्सा र बाराका ७० जनामा कोरोना संक्रमण पुष्‍टि, चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत संक्रमितको सूचीमा

पर्सा र बाराका ७० जनामा कोरोना संक्रमण पुष्‍टि, चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत संक्रमितको सूचीमा



काठमाडौं । पर्साको वीरगञ्‍जस्थित नारायणी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । संक्रमितहरुमध्ये पर्साका ६५ जना र बाराका ५ जना रहेका छन् । उनीहरुमध्ये पनि २१ जना महिला रहेका छन् ।

पछिल्लोपटक संक्रमित हुनेमा चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत रहेका छन् । नारायणी अस्पतालको ओपिडीमा कार्यरत दुईजना पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत एकजना पुरुष तथा अस्पतालकै क्‍वाटरमा बस्दै आएकी एकजना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिकासहित एक महिला र एक पुरुषमा समेत संक्रमण देखिएको छ ।

त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सक र एकजना युवकमा पनि संक्रमण पुष्‍टि भएको छ भने वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

यस्तै संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आफैं परीक्षण गराएका २१ जनामा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय पर्सामा संक्रमणको दर व्यापक रुपमा बढेको छ । पर्सा र छिमेकी जिल्ला बारामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL