Logo

लकडाउन खुलेपनि उपत्यका आउन पास चाहिने

लकडाउन खुलेपनि उपत्यका आउन पास चाहिने



काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि काठमाडौं भित्रिनका लागि भने पास चाहिने नियमलाई निरन्तरता दिईएको छ । मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि पुरानै निर्णयलाई गृह मन्त्रालयले निरन्तरता दिएको हो । मन्त्रालयका अनुसार पासको सम्बन्धमा पुरानै निर्णय साउन मसान्तसम्म यथावत रहनेछ ।

laxmi

मन्त्रिपरिषदले १ भदौदेखि लामो दूरीको यातायात पनि चल्न दिने भनेको छ । तर, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मादण्ड बनाउने भनिएको छ ।

भौतिक मन्त्रालयले मापदण्ड बनाईसकेपछि र लामो दुरीका सार्वजनिक सवारीसाधन संचालनमा आएपछि मात्रै काठमाडौं भित्रिनका लागि वा एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि पास पाईने व्यवस्थाको अन्त्य हुनेब बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL