Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ९ सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ९ सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य ९ सयले उकालो लागेको छ । लगातार बढीरहेको सुनको मूल्य बिहीबार ९ सय रुपैयाँले बढ्दा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला ९२ हजार ४ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्वभर लागु गरिएको लकडाउनका कारण बढीरहेको मूल्यका कारण सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो । महासंघका अनुसार बुधबार सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भईरहेको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य बढ्दा आज प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL