Logo

प्रतितोला ५ सय रुपैयाँले बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, ९१ हजार ७०० मा कारोबार हुँदै

प्रतितोला ५ सय रुपैयाँले बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, ९१ हजार ७०० मा कारोबार हुँदै



काठमाडौं । नेपालमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेपछि सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज प्रतितोला सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

यस्तै, महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार २६५ रुपैयाँ तोकेको छ। चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँ तोकेका छ।

लकडाउनपछि कारोबार खुलेको सुनको मूल्यले पछिल्लो समय प्रायस् दैनिकजसो नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL