Logo

भाइरस रिमुभिङ कार्ड हानिकारक, कार्डमा भएको रसायनले मुटु फोक्सो र कलेजोमा गम्भीर असर गर्ने : मन्त्रालय

भाइरस रिमुभिङ कार्ड हानिकारक, कार्डमा भएको रसायनले मुटु फोक्सो र कलेजोमा गम्भीर असर गर्ने : मन्त्रालय



काठमाडौँ । भाइरस रिमुभिङ कार्ड बारे स्वास्थ्य मन्त्रालयले आफ्नो धारणा स्पष्ट गर्दै यो कोरोना भाइरसको रोकथाममा प्रमाणित नभएको बताएको छ ।

laxmi

अहिले बजारमा भाइरस रिभुमिङ कार्ड बजारमा ल्याएर बिक्रि गर्न सरकारले स्वीकृति नदिएको भन्दै यस्ता कार्डले स्वास्थ्यमा उल्टो असर गर्ने बताउदै यसको प्रयोग नगर्न आग्रह गरेको छ । यस कार्डमा जडान गरिएका रसायनले मुटु फोक्सो र कलेजोमा गम्भीर असर गर्ने समेत मन्त्रालयले जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले भाइरस रोक्ने भन्दै प्रतिष्ठित व्यक्तिहरुको गलामा कार्ड लगाएको पाइएको र प्रचार गरिएको पाइएको भन्दै यस्तो नगर्न आग्रह गरेका छन् । उनले यस किसिमको कार्ड पत्ता अहिलेसम्म पत्ता नलागेको भन्दै प्रवक्ता गौतमले भने –‘भाइरस रिमुभिङ कार्ड लगाएका कोरोना लाग्दैन भन्ने भ्रम छरिएको पाइएकोमा मन्त्रालयको गम्भीर ध्यानआकर्षण भएको छ ।’

सत्तारुढ दल नेकपाको अहिले बसिरहेको स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दिएको भन्दै नेकपाका नेताहरुले घाँटीमा लगाएर बैठकमा सहभगी भएपछि यो कार्डको बारेमा चासो बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL