Logo

सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्दै, आम्दानी घट्दै

सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्दै, आम्दानी घट्दै


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२२ भदौं, काठमाडौं । सार्वजनिक संस्थानहरुमा सरकारको लगानी बढ्दै गएको छ । सरकारले आर्थिक वर्ष २०७१/७२ मा मात्र २८ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो आवको तुलनामा २ अर्ब १३ करोड रुपैयाँले बढी हो ।

तर, सोही तुलनामा सरकारले प्राप्तले गर्ने आम्दानी भने घट्दै गएको छ । सरकारले आर्थिक वर्ष २०७०/७१ मा साँवा र ब्याज गरी कुल ६७ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ असुली गरेको थियो । तर, आव २०७१/७२ मा आइपुग्दा सावाँ र ब्याज गरी जम्मा ४ अर्ब २० करोड रुपैयाँ मात्र असुलेको छ । यो असुली एकदमै न्युन हो ।

government-investment

हालसम्म सरकारले सार्वजनिक संस्थानहरुमा कुल २ अर्ब ९६ अर्ब २२ करोड रुपैयाँ लगानी गरेको छ । सरकारले कुल १ सय ३९ वटा सार्वजनिक संस्थानहरुमा ऋण र सेयरमा गरी सो रकम बरावरको लगानी गरेको हो । महालेखा नियन्त्रकको कार्यालयले तयार पारेको आव २०७१/७२ वर्षसम्मको तथ्याङ्क अनुसार सो लगानी भएको हो । उक्त संस्थानहरुबाट सरकारले हालसम्म सावाँ र ब्याज गरी ७२ अर्ब ७२ करोड ३४ लाख रुपैयाँ असुल गरेको छ ।

सरकारले सार्वजनिक संस्थानहरुमा सवैभन्दा बढी ऋण लगानी गरेको छ । कुल लगानीमध्ये ५३ दशमलव ५३ प्रतिशत अर्थात १ खर्ब ५८ अर्ब ५८ करोड रुपैयाँ ऋण लगानी गरेको छ । सरकारले गरेको कुल ऋण लगानीको ठूलो हिस्सा भने नेपाल विद्युत् प्राधिकरणमा लगानी भएको तथ्याङ्कले देखाएको छ ।

income-of-government

त्यसैगरी, ४६ दशमलव ४७ प्रतिशत अर्थात १ अर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ सेयरमा लगानी गरेको छ । सरकारले प्रायःजसो संस्थानको प्राथमिक सेयरमा लगानी गरेको छ । हालसम्म कुल सेयर लगानीको ९२ प्रतिशत अर्थात १ अर्ब २४ कार्यालयले जानकारी दिएको छ । यस्तै सरकारको सवैभन्दा बढी सेयर लगानी पनि नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीमा रहेको छ ।

सरकारले सार्वजनिक संस्थानमा गर्ने ऋण लगानी अघिल्लो आवको तुलनामा गत आवमा झण्डै ४ प्रतिशतले बढेको छ । आव २०७०/७१ मा ऋण लगानी बृद्धि ९ दशमलव ९३ प्रतिशतले बढेकोमा गत आवमा १३ दशमलव ०९ प्रतिशतले बढेको देखिन्छ । यसैगरी, सेयर लगानी तर्फपनि ३ प्रतिशतले बढेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL