Logo

लकडाउन खुकुलो गर्न तिनै जिल्लाका प्रजिअलाई चेम्बरको सुझाव, नयाँ मोडालिटी बनाएर खुकुलो बनाईने

लकडाउन खुकुलो गर्न तिनै जिल्लाका प्रजिअलाई चेम्बरको सुझाव, नयाँ मोडालिटी बनाएर खुकुलो बनाईने



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग लकडाउन खुकुलो पार्न आग्रह गरेका छ ।

laxmi

बिहीबार उनले काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षा कर्मीहरु सित भेट गरेर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुन् ।

यि सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएको चेम्बरले जानकारी दिएको छ । तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले यि सबै सुझावलाई लिएर नयाँ मोडालिटि बनाएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL