Logo

सेजनको १६औं साधारण सभा आज, अर्थमन्त्री भन्छन् ‘मूल प्रवाहमा आर्थिक समाचार आएन’

सेजनको १६औं साधारण सभा आज, अर्थमन्त्री भन्छन् ‘मूल प्रवाहमा आर्थिक समाचार आएन’


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

११ भदौ,काठमाडौं ।  अर्थमन्त्री डा. रामशरण महतले मिडयाको मूल प्रवाहमा आर्थिक समाचार नआएकोमा गुनासो गरेका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १६औं बार्षिक साधारण सभामा उनले यस्तो गुनासो गरेका हुन् । ‘आर्थिक समाचारले ठूलो महत्व बोकेपनी ब्रोडसिट पत्रिकाहरुले ब्याक पेजमा आर्थिक समाचार छाप्छन् ’उनले भने ‘पछाडी परेको आर्थिक पत्रकारितालाई सेजनले विशेष योगदान दिन सक्छ’ उनले भने ।

सो अवसरमा उनले संविधानमा आर्थिक मद्दालाई प्राथमिकतामा नराखिएकोमा चिन्ता व्यक्त गरे । संबिधानमा आर्थिक वृद्धि कसरी गर्ने, उत्पादकत्व कसरी बढाउने, उत्पादन क्षमता वृद्धि तथा लगानी कसरी आकर्षित गर्ने भन्ने बारे बहस नै छैन उनले भने ।
डा. महतले  संविधानमा अधिकारलाई मात्र प्राथमिकता राखेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आज नयाँ नेतृत्व पाउने भएको छ ।  नयाँ कार्यसमितिका विभिन्न पदका लागि शुक्रवार उम्मेदवारी दर्ता तथा मतदान हुने भएको छ । निर्वाचनका लागि नेपाल पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यको संयोजकत्वमा कानूनी व्यवसायी कृष्णप्रसाद पनेरु र नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर रहेको निर्वाचन समिति गठन भएको  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL