Logo

नेपालमा दैनिक रुपमा बढ्दै कोरोना संक्रमित : कैलालीमा थप १ जनालाइ कोरोना भएको पुष्टी, बागलुङमा रेड जोनमा

नेपालमा दैनिक रुपमा बढ्दै कोरोना संक्रमित : कैलालीमा थप १ जनालाइ कोरोना भएको पुष्टी, बागलुङमा रेड जोनमा



काठमाडौं । कैलालीमा थप एक जनालाई कोरोना भाइसको संक्रमण भएको पुष्टी भएको छ । कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।

laxmi

कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेकी ६० बर्षिया महिलालाई कोरोना भाइरसको संक्रमण भेटिएको हो । उनी चैत ९ गतेदेखि २९ गतेसम्म क्वारेन्टाईमा बसेकी थिईन ।

१७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । हाल उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली खटाईएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या १३ पुगेको छ । आजै बाग्लुङमा पनि थप एकजनालाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । सो व्यक्तिको आजे बेलुकासम्म रिपोर्ट आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL