Logo

सञ्चयकोष र ठेकेदारको चेपुवामा व्यापारी, जबरजस्ती निकालिए आन्दोलन चर्काउने चेतावनी

सञ्चयकोष र ठेकेदारको चेपुवामा व्यापारी, जबरजस्ती निकालिए आन्दोलन चर्काउने चेतावनी


रामराजा श्रेष्ठ
0
Shares

अर्जुन पोख्रेल

२६, कात्तिक, काठमाडौं । कर्मचारी सञ्चयकोष र ठेकेदारबीचको भाडा बिवादले काठमाडौं मलका व्यापारीहरु मारमा परेका छन् । भाडामा विवाद हुँदा मलका झन्डै ३ सय व्यापारी मारमा परेका हुन् । ठेकेदार प्रविर शम्सेर जवराले सम्झौताअनुरुप समयमै बुझाउनु पर्ने भाडा नतिरेको भन्दै सञ्चयकोषले काठमाडौं मलका सबै पसल खाली गराउन गत असोज ३० गते १ महिनाको म्याद दिएर सुचना प्रकाशित गरेको थियो । सुचना प्रकाशित गरेको म्याद सकिन लाग्दा पनि समस्या समाधान गर्ने तर्फ कुनै ठोस पहल हुन सकेको छैन ।

काठमाडौं मलका व्यापारीहरुले भने आफुहरुले तिर्नुभर्ने भाडा राणालाई समयमै बुझाएकाले कोषको निर्णय मान्न बाध्य नहुँने बताउछन् । करिब ४ अर्ब रुपैंया लगानी सहित व्यापार गरेर बसेका व्यवसायीलाई जबरजस्ती गरेर हटाइए सार्क सम्मेलनको मुखमा कडा आन्दोलन गर्ने काठमाडौं मल व्यापार संघका अध्यक्ष समिर उदिनसेखले बताए ।

 

उदिनसेखका अनुसार व्यापारीको बेवास्ता गरी मल खाली गरेमा करिब ७ हजार व्यक्तिको रोजीरोटी गुम्नुका साथै ४ अर्ब रुपैयाँको लगानी समेत डुब्ने छ । ‘सञ्चयकोष र ठेकेदारको टकरावले गर्दा पसल खाली गर्ने निर्णय पुर्णत गलत छ,’ उनले भने, ‘समयमै भाडा तिर्दा पनि पसल खाली गराइयो प्रतिकारमा उत्रनेछौं ।’ साथै, समस्या समाधानका लागि सवै व्यापारीहरु ३ महिनासम्मको अग्रीम भाडा तिर्न तयार भएको समेत उनले जानकारी दिए ।

bizkhabar_Kathmandu Mall

सञ्चयकोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले भने भाडा सम्झौता सम्बन्धी बिवाद ठेकेदारसँग भएको व्यापारीसँग आफुहरुको कुनै सम्बन्ध नरहेको बताउँछन् । ‘हामिले प्रविर सम्शेर जवरासँग सम्झौता गरेर मल भाडामा दिएका हौं,’ आचार्यले भने, ‘राणाले समयमै बक्यौता नतिरेपछि पसल खाली गर्नुको विकल्प छैन ।’ तर ब्यावसायीहरुको हितका लागि अहिले पनि ठेकेदारसँग अनौपचारिक कुरा भैरहैको उनले बताए । ‘समस्या समाधान गर्न गत हप्ता राणा र मलका व्यापारीसँग अनौपचारिक कुराकानी भएको थियो,’ उनले भने, ‘तर, औचारिक रुपमा अहिलेसम्म आएका छ्रैनन् ।’ साथै, राणासँगको करारनामा भंग भएछि व्यापारीको आन्दोलनको जिम्मेवार पनि राणा नै हुने कोषले जानकारी दिएको छ ।

ठेकेदार जवराले सञ्चयकोषलाई बुझाउनु पर्ने ६ करोड रुपैयाँ नबुझाएपछि सुचना प्रकाशित गरी ३० दिन भित्र मलका सबै पसल खाली गर्न भनिएको थियो । कोष र राणाबीच २०६२ भदौ १ गते करारनामा भएको थियो । सञ्चयकोषले राणसँग १९ करोडको बैंक ग्यारेन्टी लिएको थियो । कुनै समय राणाले कोषलाइ तिर्नुपर्ने बक्यौता रकम २६ करोड रुपैंया सम्म पुगेको थियो । तर, त्यसबेला कोषले राणालाई ताकेता गरेको थिएन । समस्या समाधानका लागि वार्ता र छलफलको माध्यम छाडेर एकाएक पसल खाली गर्ने निर्णय नै शंकास्पद भएको मलका व्यापारी विष्णु सापकोटा बताउँछन् । मलमा अहिले व्यापारीहरुले मासिक १ हजार ५ सय देखि २ लाख रुपैयाँसम्म भाडा तिर्दै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL