Logo

स्वदेश फर्केको एक हप्तामै प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान, मृगौलाको थप जाँच गरिने

स्वदेश फर्केको एक हप्तामै प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान, मृगौलाको थप जाँच गरिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पुनः सिंगापुर प्रस्थान गरेका छन । गत साउन २७ गते सिंगापुरमा उपचार गरेर फर्किएका प्रधानमन्त्री ओली बिहीबार पुनः आफ्नो मृगौलासम्बन्धी चेकजाँच गर्न सिंगापुर प्रस्थान गरेका हुन ।

बिहीबार प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य, तथा उनका नीजि चिकित्सकहरु पनि त्यसतर्फ पस्थान गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्यमा समस्या देखिएका कारण १ हप्तामै दोस्रोपटक सिंगापुर गएका हुन ।

स्वास्थ्य सकारात्मक नै भएपनि १२ बर्षअघि गरिएको मृगौला प्रत्यारोपणमा केही समस्या थपिएको भन्दै पुनः सिंगापुर गएको सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाले बताएका छन ।

उनका अनुसार औषधि परिवर्तन या अन्य स्वास्थ्यसम्बन्धी सरसल्लाहका लागि प्रम ओली सिंगापुर गएका हुन । उनी दिउँसो साढे १ बजे सिंगापुर गएका हुन । तर स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी एक सातामै दोस्रो पटक सिंगापुर गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्