Logo

पूर्ननिर्माणलाई नयाँ तरिकाले अगाडी बढाइदै , ‘ आन्तरिक तथा बाह्य रकम जुटाउदैछु’ :अर्थमन्त्री

पूर्ननिर्माणलाई नयाँ तरिकाले अगाडी बढाइदै , ‘ आन्तरिक तथा बाह्य रकम जुटाउदैछु’ :अर्थमन्त्री


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१६ जेठ,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले भूकम्पबाट भत्किएका संरचनाको पूर्ननिर्माणलाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आधुनिक बसोबासका लागि यो राम्रो असर भएको बताए । साथै यस अवसरलाई आगामी बर्ष नयाँ तरिकाले अगाडि बढाउने जानकारी दिए ।

त्यस्तै सरकारले उपलब्ध गराएको नक्साअनुसार घर तथा भवन निर्माण गर्न आग्रह गरेका छन् । त्यसका लागि सरकारले उपलब्ध गराउने २ लाख रुपैयाँको लिन पनि आग्रह गरे ।

महतले पुनःनिर्माणका लागि सरकारलाई ठूलो रकम आवश्यक भएकाले आन्तरिक तथा बाह्य सहयोग जुटाउने तयारी गरेको जानकारी दिए ।
‘आगामी असार १० गते सरकारले दातृ निकायहरुको सम्मेलन गरेर पुनःनिर्माणका लागि आर्थिक तथा अन्य सहयोग जुटाउन पहल गर्ने निर्णय गरेका छौं’ उनले भने ’विश्वसनीय कार्यक्रम तयार गरेर अगाडि बढाउन सकियो भने दातृ निकायको राम्रो सहयोग प्राप्त हुन्छ ।’

कार्यक्रममा उनले यस अघि तय गरिएको सात खर्ब ३५ अर्बबराबरको बजेटको आकार बढ्ने जानकारी दिए ।

साथै राष्ट्रिय सरकारको सन्दर्भमा अर्थमन्त्री डा महतले संविधान जारी नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नै सरकार रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL