Logo

नयाँ पर्यटन मन्त्रीमा शेर्पा, आजै शपथ खुवाइने

नयाँ पर्यटन मन्त्रीमा शेर्पा, आजै शपथ खुवाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

८ जेठ, काठमाडौं । सरकारले नयाँ पर्यटन मन्त्रीमा कृपासुर शेर्पालाई नियुक्त गर्ने भएको छ । तत्कालिन पर्यटनमन्त्री दीपक अमात्यलाई एमालेले फिर्ता वोलाएपछि शेर्पालाई नियुक्त गर्न लागिएको हो ।

एमालले हिजो दीपक अमात्यलाई फिर्ता वोलाएर कृपाशुर शेर्पालाई नयाँ पर्यटन मन्त्रीको लागि सिफारिस गरेको छ । उनलाई आजै पद तथा गोपनियताको सपथ खुवाइने भएको छ ।

प्रधानन्त्री शुशिल कोइलाराको सरकारमा पर्यटन हुनेमा उनी तेस्रो हुन् । यस अघि २ पटक मन्त्री परिवर्तन भइसकेको छ । एमालेको कोटामा परेको पर्यटन मन्त्रालयमा यस अधि पनि भीम आचार्यलाई हटाएर दीपक अमात्यलाई नियुक्त गरिएको थियो ।

शेर्पा भोजपुर क्षेत्रनम्बर १ का सभासद हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL