Logo

क्षतिपूर्तीको माग गर्दै प्रधानमन्त्री कहाँ पुगे वैदेशिक रोजगार ब्यवसायी, दोषीलाई कारवाही गर्न माग

क्षतिपूर्तीको माग गर्दै प्रधानमन्त्री कहाँ पुगे वैदेशिक रोजगार ब्यवसायी, दोषीलाई कारवाही गर्न माग



काठमाडौं । शुक्रबार साँझ भएको बम विस्फोट पछि म्यानपावर ब्यवसायीले सरकारसँग क्षतिपूर्तिको माग गरेको छ ।

शुक्रबार भएको बम विस्फोटमा परि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घर, गाडी लगायतका करोडौंको क्षति पुगे पछि ब्यवसायीले सो माग गरेका हुन ।

विस्फोट एउटा व्यक्ति प्रति मात्र लक्षित नभई वैदेशिक रोजगार व्यवसाय लगायत नेपालका समग्र व्यवसायी प्रति भएको भन्दै ब्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानकर्षण समेत गराएका छन ।

आर्थिक सहायता नदिए पछि उक्त घटना घटाएको भन्दै ब्यवसायीहरुले दोषीलाई कारवाही गरि व्यवसाय गर्ने बातावरण वनाई व्यवसायीहरुको सुरक्षा गर्न समेत प्रम ओलीलाई आग्रह गरेका छन ।

साथै विस्फोटको जिम्मा लिने विप्लवसँग उचित माध्यमवाट समस्या समाधान गरि भविष्यमा यस्ता कृयाकलाप हुन नदिन वातावरण वनाउनका लागि समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This