Logo

अन्तरराष्ट्रिय नारी दिवसः बिभिन्न क्षेत्रका ९ जना महिला सम्मानित

अन्तरराष्ट्रिय नारी दिवसः बिभिन्न क्षेत्रका ९ जना महिला सम्मानित



काठमाडौं । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रका ९ जना महिला सम्मानित भएका छन । शुक्रबार काठमाडौंमा आयोजित नेपाल महिला चेक्बर अफ कमर्सको कार्यक्रममा विभिन्न क्षेत्रका महिला सम्मानित भएका हुन ।

कार्यक्रममा उप राष्टपति नन्दबहादुर पुनले सम्मानित महिलालाई सम्मानपत्र हस्तान्तरण गरेका छन । विभिन्न क्षेत्रमा योगदान पुर्याएकाले उक्त सम्मान विभिन्न क्षेत्रका महिलालाई दिएको नेपाल महिला चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।

सो क्रममा हस्पिटालिटी तर्फको सम्मान र्याडिसन होटलकी बिधाता श्रेष्ठले पाएकी छन भने उद्योग तर्फको सम्मान कृष्णकुमारी श्रेष्ठले पाएकी हुन । यस्तै उक्त कार्यक्रममा मिरा भट्टराई निर्यात तर्फ, शिबकुमारी डंगोल सामाजिक अभियान्ता तर्फ, सुलोचना श्रेष्ठ नेवा कृषि तर्फ, मञ्जु मिश्र संचार तर्फ र पर्यटन क्षेत्रको सम्मान भने लाक्पा फुजी श्रेष्ठले पाएकी छन । बैंकिङ क्षेत्रबाट सम्मान पाएकी अनुपमा खुजेली भने वाणिज्य बैंक क्षेत्रको पहिलो महिला सिईओ हुन । उनी हाल मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत छन । यस्तै लक्ष्मी शर्माले भने लाईफटाईम अचिभमेण्ट अवार्ड पाएकी छन ।

कार्यक्रममा बोल्दै उप राष्टपति नन्दबहादुर पुनले नेपालमा विभिन्न चरणको परिवर्तनमा महिलाहरुको उल्लेख्य भुमिका रहेको बताएका छन । ‘बौद्धिक हिसावले पनि महिलाहरु पुरुषभन्दा बलिया र उत्कृष्ट छन,’ उनले भने, ‘महिला पनि पुरुषसरह हरेक क्षेत्रका काममा सिपालु तथा अब्बल छन तर महिलामाथी हुने विभिन्न किसिमका जघन्य अपराधहरु उन्मुलन हुन सकेका छैनन ।’ यस्ता घटनाहरुलाई छानविन गर्न सरकारी संयन्त्र बलियो हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशका हरेक क्षेत्रमा महिलाको भुमिका अब्बल रहेको बताउँदै अब देशका हरेक क्षेत्रमा महिलालाई अझै सक्षम बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा महिला चेम्बर अफ कमर्सकी अध्यक्ष उर्मिला श्रेष्ठले राज्यको उच्च ओहोदामा महिलाको उपस्थिति न्युन रहेको बताउँदै अब उच्च ओहोदामा महिलाको उपस्थिति बलियो मात्रामा गर्न लागि पर्नमा महिलाहरुर्ला आग्रह गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्