Logo

पर्यटनमन्त्री सहित दुई जनाको मात्र शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने

पर्यटनमन्त्री सहित दुई जनाको मात्र शव पहिचान, अन्यको डीएनए परीक्षण हुनसक्ने



काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका ७ जनोमध्ये २ जनाको मात्र शव पहिचान भएको छ । ताप्लेजुङमा भएको डाइनेष्टि हेलिकप्टर दुर्घटनामा परी निधन भएकामध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको शव मात्रै पहिचान भएको हो ।

दुर्घटनामा निधन भएका पाइलट प्रभाकर केसी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहालको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव पोष्टमार्टमका लागि आजै त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । मृतक ७ जनामध्ये २ जनाको मात्र शव पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।


यदि उनीहरुको शव पहिचान नभएमा अन्तिम विकल्पको रुपमा डीएनए परीक्षण गर्न पर्ने समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्