Logo

मन्त्री अधिकारी सहित सातै जनाको शवलाई ३ बजे अन्तिम श्रद्धाञ्जलीको लागि टुडिखेलमा राखिने

मन्त्री अधिकारी सहित सातै जनाको शवलाई ३ बजे अन्तिम श्रद्धाञ्जलीको लागि टुडिखेलमा राखिने



काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शवलाई श्रद्धाञ्जलीको सैनिक मञ्च टुडिखेलमा राखिने भएको छ ।

हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारी सहित अन्य सबै जनानको शवलाई श्रद्धाञ्जलीका लागि ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख गरिएको छ ।


विज्ञप्तीमार्फत उपरान्ह ३ बजेपछि श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।

नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्