Logo

अनलाईनबाटै घरको नम्सा पास, १८ महिनाभित्र धुम्रपान मुक्त काठमाडौं

अनलाईनबाटै घरको नम्सा पास, १८ महिनाभित्र धुम्रपान मुक्त काठमाडौं


बिजखबर संवाददाता
3.4k
Shares

काठमाडौं महानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । महानगरले आफ्नो २३ औं महानगर दिवसका अवसरमा अनलाईनबाटै नक्सा पास गर्ने व्यवस्था कार्यान्यनमा ल्याएको हो ।

महानगर दिवशमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इञ्जिनियरहरुलाई अनलाइनबाटै घरको नक्सा पास गर्न सकिने प्राबिधिक प्रणालीको पासवर्ड हस्तान्तरण गरेर औपचारिक शुरुवात गरेका हुन् । सो अवसरमा शाक्यले ५ जना इञ्जिनियरलाई उक्त पासवर्ड प्रदान गरेका थिए । ‘स्मार्ट काठमाडौं निर्माणको महत्वपुर्ण योजनाका रुपमा पहिलो चरणमा अनलाइनबाट नक्सा पास गर्ने व्यवस्था अघि सारिएको छ,’ उनले भने ।

यसैगरी १८ महिनाभित्र काठमाडौं महानगरपालिकालाई धुम्रपान मुक्त बनाउने समेत घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL