Logo

कांग्रेसका चीनकाजी श्रेष्ठलाई हराउदै गोरखा १ मा माओवादीका हरिराज अधिकारी विजयी

कांग्रेसका चीनकाजी श्रेष्ठलाई हराउदै गोरखा १ मा माओवादीका हरिराज अधिकारी विजयी


बिजखबर संवाददाता
378
Shares

काठमाडौं । गोरखा श्रेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार  माओवादीका  हरिराज  अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई हराउदै उनी विजयी भएका हुन् ।

अधिकारी र श्रेष्ठबीच ३ हजार २ सय १७ को मतान्तर छ । उनले २९ हजार ८ सय ६० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरे ।

६३ हजार ६ सय १९ मत खसेकामा ४ हजार ३ सय ३५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अधिकारीका निकटतम प्रतिस्पर्धी श्रेष्ठलाई नयाँ शक्तिसहित लोकतान्त्रिक गठबन्धनले सघाएको थियो ।

त्यस्तै क्षेत्र १ को प्रदेश क र ख मा वाम गठबन्धनका उम्मेदवार लेखबहादुर थापा र रामशरण बस्नेत विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL