Logo

एप्पलले मोड्यो बाटो, आइफोन र म्याकबुक पछी विद्युतीय कारमा ध्यान

एप्पलले मोड्यो बाटो, आइफोन र म्याकबुक पछी विद्युतीय कारमा ध्यान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
४ फागुन, काठमाडौं । आइफोन तथा म्याकबुक बनाएर बजारमा छाएको विश्वको सर्वाधिक मूल्यवान व्राण्ड एप्पलको ध्यान अव विद्युतीय कारतर्फ गएको छ । कम्पनीले विद्युतीय कार बनाएर अटोबजारमा पनि स्थान कब्जा गर्न लागेको देखिन्छ ।

laxmi

एप्पल इन्कले एप्पल ब्राण्डको विद्युतीय गाडी बनाउन लागेको छ । टाइटन नामक सो कार मिनिभान डिजाइनमा बनाउन लागिएको बताइएको छ ।

क्यालीफोर्नियाको द क्युपर्टिनो कम्पनीले कार बनाउनका लागि १ सय भन्दा बढी कर्मचारीलाई नियुक्त गरिसकेको खवर बाहीर आएका छन् । त्यस्तै एप्पलका केही अधिकारीहरु विशेषज्ञ अष्ट्रिया उत्पादकहरुसँग सम्झौता गर्न अष्ट्रिया गएको ब्लुमवर्ग विजनेशले जानकारी दिएको छ ।

ब्लुमबर्ग विजनेसका अनुसार एप्पलले विशाल आपूर्ती श्रृंखलाको समेत व्यवस्थापन गरिसकेको छ । साथै सो कारमा प्रयोग गरिने प्रविधिको पनि व्यवस्थापन गरिएको बताइएको छ । कम्पनीले कारमा आइफोन,आइप्याड र म्याक प्रयोग गर्नका लागि व्याट्री प्रविधिको रिसर्च गरिरहेको बताइएको छ । साथै नेभिगेसनका लागि २०१२ मा सुरु भएको म्यापिङ प्रणाली पनि प्रयोग गरेको छ ।

गत बर्ष एप्पलले ‘अटोमेकर’का लागि कार प्ले सफ्टवेयर सिस्टम सार्वजनिक गरेका थियो । जसले आइट्युन,म्यापिङ,म्यासेजिङलगायत एप्लििकेशन प्रयोग गर्न सकिन्छ ।

एप्पलले कार बनाउन लागेको सुचनाले विश्व बजारमा तहल्का पिटेको छ । यसैक्रममा एप्पलका बजारका वरिष्ठ उपाध्यक्ष फिल स्कीलरले २०१२ अदालती टेष्टीमोनीमा संस्थापकहरुले आइफोन,बन्नु अगावै यसप्रकारको कार बनाउने छलफल भएको जानकारी दिए । आइफोन २००७ मा रिलिज भएको थियो । एप्पलका बोर्ड सदस्य तथा जे कर्मचारी समूहका प्रमुख मिक्की ड्रिक्सलरले पनि २०१२ मा एप्पलका संस्थापम स्टीभ जब्सले कार बनाउने चाहना व्यक्त गरेको बताए ।

तर एप्पलका प्रवक्ता टम न्युमयारले भने यस बारेमा टिप्पणी दिन चाहेनन् । एक फाइनान्सियल टाइम्सले भने एप्पलले आफ्नो नयाँ रिसर्च ल्यावका लागि एक अटो विशेषज्ञ खोजेको बताएको छ ।
यससँगै अन्य सिलिकन भ्याली कम्पनीहरुले कार निर्माण गर्दै छन् । गुगल इन्कले एक स्वचालित कार बनाउने तयारी गरिरहेको हो । तेस्ला मोटरले पनि विद्युतीय कार र द पालो अल्टो बनाएको छ । साथै क्यालिफोर्नियामा रहेको सो कम्पनीले १ सय ५० पूर्व एप्पलका कर्मचारी खोजीरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL