Logo

सवारी भाडा घट्यो, उपत्यकाभित्रको अधिकतम भाडा २५ रुपैयाँ

सवारी भाडा घट्यो, उपत्यकाभित्रको अधिकतम भाडा २५ रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ माघ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको सवारी भाडा घटाएको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएअनुसार भाडा घटेको बताएको छ ।

जसअनुसार काठमाडौं र तराइका जिल्लामा चल्ने सार्वजनिक यातायातमा २ दशमलव ३ प्रतिशत भाडा घटाएको बताइएको छ । काठमाडौंमा १३ रुपैयाँ देखि २५ रुपैयाँसम्म भाडा तोकिएको छ ।

त्यस्तै पहाडमा चल्ने गाडीमा ४ दशमलव ३७ प्रतिशत भाडादर कायम गरेको छ ।

उपत्यका बाहिरको भाडादर 

काठमाडौं –इलाम      रु.१२ सय ८५

काठमाडौं –पोखरा    रु. ४ सय ८

काठमाडौं –बुटवल    रु.५ सय ६

काठमाडौं –भैरहवा   रु. ५ सय ३५

काठमाडौं–धनगढी   रु.१२ सय ६०

काठमाडौं –सुर्खेत    रु.११ सय ५६

काठमाडौं – धरान   रु. ९ सय ९३

काठमाडौं –विराटनगर  रु.९ सय ९९

काठमाडौं – काकडभित्ता  रु.१ हजार ४१

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL