Logo

सहरी मन्त्रालयले ल्यायो आवास नीति, जुरेपहिरो पीडितलाई पूर्नवास गरिदै

सहरी मन्त्रालयले ल्यायो आवास नीति, जुरेपहिरो पीडितलाई पूर्नवास गरिदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
११ माघ,काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट घरविहीन भएकाहरुलाई राहत मिल्ने भएको छ ।  सहरी विकास मन्त्रालयले उनीहरुका लागि पुर्नवासको काम सुरु गरेपछि राहत मिल्ने भएको हो ।

laxmi

मन्त्रालयले विस्थापित भएकाहरुको आवासका लागि नयाँ नीति ल्याएको बताएको छ । पीडित परिवारका नाममा कतै जग्गा नभएमा मात्रै उपयुक्त जग्गा हेरेर आवासको कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

त्यस्तै पीडितको आवासका लागि उनीहरुको आफ्नो स्वामित्वमा कुनै जग्गा भएमा ती परिवारका लागि आवास निर्माण गर्न तिनको जग्गाको विवरण सम्वन्धित दैवि प्रकोप समितिले सहरी विकास तथा भवन निर्माण विभागमा पठाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

त्यसैगरी पीडित परिवारको आफ्नो स्वामित्वमा उपयुक्त जग्गा नभएको अवस्थामा पीडित परिवारले पुनःस्थापना गराउन आवश्यक पर्ने जग्गा खोज्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL