Logo

चाउचाउ र माछा बेच्थ्यो सामसुङ्, प्रसिद्ध कम्पनी जो पहिले अर्कै काम गर्थे

चाउचाउ र माछा बेच्थ्यो सामसुङ्, प्रसिद्ध कम्पनी जो पहिले अर्कै काम गर्थे


बिजखबर संवाददाता
0
Shares

सामसुङको लागि अब परिचय आवश्यक छैन । मोबाइल, कम्प्युटर, दुरसञ्चार उपकरणसहित इलेक्ट्रोनिक्स सामग्रि उत्पादनमा यसले विश्वभर विशेष पहिचान बनाएको छ । तर सामसुङ पहिले इलेक्ट्रोनिक्स कम्पनी भने थिएन । समयक्रममा यसको उत्पादन बदलिए पनि स्थापनाको समयमा यो चाउचाउ र सुख्खा माछाको निर्यात गर्ने कम्पनी थियो ।

samsung
सामसुङमात्र हैन विव्वमा यस्ता कम्पनी छन् जो पहिले अरु नै केहि व्यवसाय गरेर पछि अर्के व्यवसायमा रुपान्तर भए र त्यसमा सफलता पनि हात पारेका छन् । चर्चित टुथपेस्ट कोल्गेट सुरुमा साबुल र मैनबत्ती विक्रेता थियो धेरै पछि मात्र यसले आफ्नो उत्पादन नै बदलिएको हो ।
कस्मेटिक उत्पादन एभोन एउटा डेलिभर कम्पनी थियो जसले घरघरमा पुगेर किताब बेच्ने कामबाट व्यवसाय सुरु गरेको हो । सामसुङ जस्तै चर्चित नोकिया पनि सुचना प्रविधिको क्षेत्रमा आउनु अघि कागज उत्पादक थियो । अमेरिकाको चर्चित वित्तीय कम्पनी अमेरिकन एक्सपे्रले आफ्नो व्यवसाय चिठ्ठी डेलिभर गर्ने कामबाट सुरु गरेको हो । डिजिटल कागजात बनाउने चर्चित जेरोक्स कम्पनीले पहिले फोटोग्राफिका लागि आवश्यक कागज तयार गथ्र्यो । फोटो सेयरीङ् मिडिया फ्लीकर पहिले वेब बेस गेम हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL