Logo

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप

बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, राजद्रोहको आरोप



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्ता सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । युवराज पौडेल ‘सफल’ ले मेयर शाह र हामी नेपालका संस्थापक गुरुङविरुद्ध राजद्रोह गरेको कसुरमा जाहेरी दिएका हुन् ।

बालेन्द्र र सुदनले जेन–जी आन्दोलनको नाममा देशको सत्ता पल्टाउन, व्यवस्था नै ध्वस्त बनाउन, सर्वोच्च अदालत ,सिहंदरबार जलाउनेलगायतका कार्य गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा ५० बमोजिमको कसुरमा २५ वर्षसम्मको कैद माग दाबी गरिएको छ ।

सफलले दिएको उक्त जाहेरी भदौ २३ र २४ गतेको घटनासम्बन्धी बनेको जाँचबुझ आयोगमा पठाइने प्रहरीले जनाएको छ । मेयर शाह र गुरुङविरुद्ध परेको यो दोस्रो जाहेरी हो । हिजो (मंगलबार) एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुले मेयर बालेन र सुदनविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्