काठमाडौं । नेपाल वायुसेवा निगमको आज न्यारोबडी जहाजबाट काठमाडौं(भैरहवा(काठमाडौं उडान गर्ने भएको छ। निगमको न्यारोबडी ए ३२० जहाज आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडान गर्ने तालिका छ। साथै भैरहवाबाट दिउँसो २ः४५ मा काठमाडौंका लागि उडान हुने जनाएको छ।
बाढी पहिरोले विभिन्न राजमार्ग अवरूद्ध भएसँगै निगमले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुका लागि यो उडान गर्न लागेको जनाएको छ। निगम प्रवक्ता सुवास डाँगीका अनुसार सोमबार हुने न्यारोबडीको उडानमा विशेषगरी बिरामी, अशक्त र वृद्धवृद्धालाई प्राथमिकता दिइनेछ।
निगमले काठमाडौंबाट भैरहवा जाँदा ५ हजार रूपैयाँ र भैरहवाबाट काठमाडौं आउन ७ हजार रूपैयाँ भाडा लाग्ने जनाएको छ।खराब मौसमका कारण शनिबार दिनभर उडान रद्द भएको थियो।