काठमाडौँ । लगातारको झरीका कारण देशभर गएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ ।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार शुक्रबार र शनिबार गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।
जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।