काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि पतितोला २० रुपैयाँले बढेर २ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।