Logo

राप्रपाका संघीय र प्रादेशिक ४२ सांसद सामूहिक राजीनामा

राप्रपाका संघीय र प्रादेशिक ४२ सांसद सामूहिक राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिसभा र प्रदेशसभामा रहेका ४२ जना सांसदले पदबाट सामूहिक रूपमा राजीनामा दिएका छन्।

पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा हालको राजनीतिक परिस्थितिले सरकार, संसद् र संविधानको औचित्य नै समाप्त भएको दाबी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेका छन्।

साथै, आन्दोलनरत जेनजी पुस्ताले उठाएका मागहरूलाई सम्बोधन गर्नुपर्ने र नयाँ राजनीतिक समझदारीको दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै राप्रपाले सबैसँग सहयोग र संवादको अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्