Logo

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीमा दिएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले राजीनामा दिएइका छन् ।

अहिले राष्ट्रलाई सम्बोधन गर्ने कि सोझै राष्ट्रपतिलाई बुझाउने भन्ने दुविधामा रहेको र आफु निकटहरुसँग परामर्श गरिरहेका छन् ।

उपत्यकामा जेनजी प्रदर्शन कर्फ्यु लगाउँदा पनि नरोकिएपछि, मन्त्रीमणडलबाट मन्त्रीहरुले धमाधम राजीनामा घोषणा गर्न थालेपछि र आक्रोश बढ्दै नेताहरुको घर घरसम्म आक्रमण हुन थालेपछि ओली राजनीमाको मनस्थितिमा पुगेका थिए ।

हिजोको जेनजी प्रदर्शनमा भएको सरकारी दमनमा १९ को मृत्यु र ४०० भन्दा बढी घाइते भएसँगै देशभर सरकार र नेताप्रति आक्रोश थप चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्