काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन् । मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् ।
काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ । जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।
जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।