Logo

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घट्दै २१ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २१ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्