काठमाडौं । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयद्वारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गरेका छन्।
पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म)र रमेश साह (रमेश कृषि फर्म) मधेस प्रदेशवाट भरत कुमार यादव (शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) वाग्मती प्रदेशवाट चेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि ग्रीनलाईन एग्रो प्राली (गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ) (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म ) र बाटुली तिवारी) मित्र वाटिका कृषि फर्म , लुम्बिनी प्रदेशवाट जयपाल मौर्य (खाधन्न वाली) र सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म) छ्न । त्यस्तै कर्णाली प्रदेशवाट गोविन्द ओली ( तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदुरपश्चिम प्रदेशवाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा ( कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न ।
पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले भने–‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’