काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार (आज) बजार ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा झरेकको हो ।
आज नेप्सेमा कारोबार भएको कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
आइतबार पियोर इनर्जी लिमिटेडको सेयरमा नकारात्मक सर्किट लाएको छ । त्यसैगरी, यूनियन हाइड्रोपावरको ६.२४ प्रतिशत, रसुवारगढी हाइड्रोपावरको ५.४८ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ५.३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यस्तै आज सबैभन्दा बढी दोर्दी खोला जलविद्युत कम्पनीको ङादी ग्रुप पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको ७५ करोड ७३ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै राधी विद्युत कम्पनीको ४९ करोड ७२ लाख ८२ हजार रुपैंया, सानिमा माई हाइड्रोपावरको ४६ करोड ५६ लाख ९१ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४१ करोड २४ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।