काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।