Logo

नेपालमा जतिको सम्भावना अन्त कतै छैन, यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपालमा जतिको सम्भावना अन्त कतै छैन, यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन् । शुक्रबारदेखि सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएकालाई लगानीको लागि बै‌क तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताए । ‘म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावना छ । ती सम्भावना उजागर गर्न सक्नु पर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नु पर्दछ’, उनले भने ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कूल जनसंख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवा ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकाले जेसीजले युवालाई नेतृत्व, व्यक्तित्व विकाससँगै उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्