काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृहमन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ। यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।
