काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ।
शुक्रबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको खुमलटारस्थित निवासमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध कायम राख्ने निष्कर्ष निकालेको सचिव लिलामणि पोखरेलले बताए।
उनले भने, ‘छानबिन प्रक्रियालाई सहज बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने बैठकको निष्कर्ष छ। राजीनामा नआएसम्म संसद् अवरोध जारी रहनेछ।’
माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग राख्दै संसद् अवरोध गर्दै आएका छन्। यद्यपि, जेठ १५ गते बजेट प्रस्तुतिको सहजताका लागि प्रतिपक्षी दलहरूले संसद् अवरोध नगर्ने निर्णय गरेका थिए।