काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमले उच्च अदालत जनकपुरबाट सफाइ पाएका छन्। वीरगञ्जस्थित इजलासले बुधबार आलमलाई निर्दोष ठहर गर्दै जिल्ला अदालत रौतहटको फैसला उल्टाएको हो।
न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले दिएको जन्मकैदको फैसला बदर गर्दै आलमलाई दोषमुक्त गरेको हो।
आलममाथि २०६४ सालको संविधानसभा निर्वाचनअघि बम विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको आरोप लागेको थियो। घटना रौतहटको राजपुरस्थित उनका काकाको घरमा भएको बताइएको थियो।
जिल्ला अदालतले दोषी ठहर गरे पनि उच्च अदालतले आलमलाई उक्त आरोपबाट मुक्त गराएको हो।