Logo

विकासका कामलाई अघि बढाउन अर्थमन्त्रीको निर्देशन, युवालाई स्वदेशमै रोजगारी दिइने

विकासका कामलाई अघि बढाउन अर्थमन्त्रीको निर्देशन, युवालाई स्वदेशमै रोजगारी दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ पुस, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले विकासका कामहरुमा विशेष सक्रियता लिएर मेहनतका साथ अघि बढाउन  स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । शनिबार नुवाकोटको चौघडामा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी तथा जिल्लाका विकास निर्माणसँग सम्वन्धित कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

विकास निर्माण र आर्थिक प्रगतिहरु विगतको तुलनामा उल्लेख्य भएपनि जनताको उर्लदो आकांक्षा पूरा गर्न पर्याप्त नभएको तथा तीब्र प्रगति गर्ने अन्य मुलुकको तुलनामा सन्तोषजनक नरहेको उनको भनाइ थियो । ‘आगामी दिनमा कामलाई तिब्रता दिनुका साथै कामको गुणस्तरलाई पनि ध्यान दिनु पर्छ,’ उनले भने, ‘पहिला विनियोजित रकमको सदुपयोग गरेर देखाउनुहोस रकमको अवभाव हुँदैन ।’

ram-sharan

प्रतिपक्षहरुले प्रगति र समाज परिवर्तनका ढोंगी कुरा गर्दै हिडेकाले उनीहरुलाई जनतामा भ्रम नर्छन आग्रह गर्दै आर्थिक प्रगति र विकास गरेर मात्र क्रान्तिकारी परिवर्तन हुने बताए । ‘मानसिकतामा परिवर्तन भएमा नेपाल एसियाकै धनी मुलुक हुने छ,’ उनले भने, ‘मेहनत गर्ने बानी बसाल्न र उद्यमशील बन्नेमा मात्र देश अघि बढ्नेछ ।’

कृषि, पयर्टन र जलस्रोतलाई सरकारले प्राथमिकता दिई बजेट छुट्याएको त्यसलाई सदुपयोग गर्न सके देशले द्वुत गतिमा आर्थिक विकास गर्ने उनको भनाइ थियो । ‘अलिहे युवाहरु काम र दामका लागि विदेश जानुपर्छ भन्ने मानसिकताबाट गुज्रिरहेका छन्,’ उनले भने, ‘शिर्जनशिल र ऊर्जावान युवाहरु वैदेशिक रोजगारीमा  गएर देशले आर्थिक विकास गर्न सक्दैन ।’ आगामी दिनमा सरकाले युवाहरुलाई स्वदेशमै रोजगारी दिने नीति ल्याउन लागेको समेत उनले जानकारी दिए ।

अर्थमन्त्री महतले बहुसंख्यक राई बस्ती भएको नुवाकोटको चौघडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दै त्यसका लागि आश्यक खानेपानी लगायत अन्य आर्थिक सामाजिक सेवा तथा पूर्वाधारका कामहरुमा सरकारले सहयोग गरिदिने बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रकाशशरण महतले संविधान निर्माणका लागि सहमति गर्नुपर्ने, सहमतिमा नभएमा प्रक्रियामा लगेर भएपनि संविधान जारी गरिने बताए । यस्तै, नेपाली कांग्रेसका जिल्ला सचिव रमेशकुमार महतले नुवाकोट जिल्ला राजधानीको नजिक रहेर पनि पछि परेको तर अहिले विकास निर्माणले तिब्रता पाएको बताए ।

ऋषिराम केसीको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालगायतको सहभागिता रहेको थियो । अर्थमन्त्री महतले नुवाकोटकै कुण्डला उच्च माविको ५२ औं वार्षिकोत्सवको पनि उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL