Logo

एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य घट्दै १ लाख ८६ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै १९ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्