Logo

गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा, गभर्नर बन्ने चर्चा

गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलको राजीनामा, गभर्नर बन्ने चर्चा



काठमाडौं । डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पौडेल सदस्य रहेका छन् । पौडेललाई नयाँ गभर्नरका लागि सत्तारुढ दल नेपाली काग्रेसले प्रस्ताव गरेपछि उनले राजनीनामा दिएको बताइएको छ ।

सरकारले गत १८ चैतमा गठन गरेको समितिमा उनी सदस्य थिए । तर, समितिको बैठक नै बस्न सकिरहेको छैन । पौडेलभन्दा पहिला सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

भट्टराईको राजीनामापछि पूर्वगभर्नर महाप्रसाद अधिकारी सदस्य मनोनीत भएका थिए । तर, उनको मनोनयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रतिक्रिया दिनुहोस्